कुम्भमेला : भागदौडपछि बन्द गरिएको अमृत स्नान विहान १० बजेपछि खोलिने

कुम्भमेला : भागदौडपछि बन्द गरिएको अमृत स्नान विहान १० बजेपछि खोलिने

एजेन्सी : भारतको प्रयागराजस्थित संगम तटमा जारी कुम्भ मेलामा भएको भागदौडपछि बन्द गरिएको अमृत स्नान विहान १० बजेबाट खोलिने भएको छ।

महाकुम्भ मेला आयोजक अखाडा परिषद्का अध्यक्ष रविन्द्र पुरी नयाँ वक्तव्य जारी गर्दै विहान १० बजेबाट अमृत स्नान खुला गरिने जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

यसका अलावा उनले भीड कम गनर्एका लागि शोभा यात्रा समेत ननिकालिने बताएका छन्।

‘१० बजेपछि भक्तजनले अमृत स्नान लिन सक्छन्। हामी भीडलाई कम गर्ने प्रयास गरिरहेका छौँ,’ उनले भनेका छन्, ‘कुनै पनि प्रकारको लश्कर हुनेछैन भने  शोभा यात्रा पनि निकालिने छैन।’

मंगलबार राति मेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी मानिस घाइते भएको थियो। भागदौडपछि अमृत स्नात बन्द गरिएको थियो।

आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान गरिएको छ।

प्रशासनका अनुसार राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ।

मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए। पूरै zहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन्।

माघ १६, २०८१ बुधबार ०९:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।