रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ।
बैठक विहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
रावलका अनुसार माघ १८ गतेदेखि सुरू हुने संघीय संसदको हिउँदे अधिवेशनमा पार्टीको भूमिका, एजेण्डा र प्राथमिकताबारे छलफल गर्न बैठक राखिएको हो।
आगामी अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा लिइएको छ। अधिवेशनका लागि भनेर नागरिकता, सामाजिक सञ्जाल र प्रहरी समायोजन विधेयकका साथमा अध्यादेशहरु पनि प्रस्तुत गरिने छ।
माघ १६, २०८१ बुधबार ०९:४१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।