भारतले हार्‍यो इङ्ल्यान्डविरुद्धको तेस्रो टी२० आई

भारतले हार्‍यो इङ्ल्यान्डविरुद्धको तेस्रो टी२० आई

एजेन्सी : पाहुना टोली इङ्ग्ल्याण्डले तेस्रो टि ट्वान्टी आई खेलमा भारतलाई पराजित गरेको छ।

इङ्ग्ल्याण्डले मंगलबार भारतलाई २६ रनले हराएको हो। जितसँगै इङ्ग्ल्याण्डले ५ खेलको सिरिज २-१ मा पुर्याएको छ।

१ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन जोड्यो। भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन जोडे। उनले ३५ बलमा १ चौका र २ छक्का प्रहार गरे।

ओपनर अभिषेक शर्माले १४ बलमा ५ चौकाको सहयोगमा २४ रन बनाए। तिलक बर्मा १३ बलमा १८, अक्षर पटेल १५ तथा कप्तान सुर्य कुमार यादव १४ रनमा आउट भए।

इङ्ग्ल्याण्डका लागि जेमी ओभरटर्नले ३, बायडेन कार्स र जोफ्रा आर्चरले समान २, मार्क वुड र आदिल राशिदले समान १ विकेट लिए।

त्यसअघि राजकोटमा रहेको सौराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो।

इङ्ग्ल्याण्डका लागि ओपनर बेन डकेटले सर्वाधिक ५१ रन जोडेका थिए। उनले २८ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। लियम लिभिङ्स्टोनले २४ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४३ रन बनाएका थिए।

कप्तान जस बटलर २२ बलमा २४ रनमा आउट हुँदा आदिल राशिद र मार्क वुडले नट आउट १० रन जोडेका थिए। इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका लागि वरुणले ४ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिएका थिए। हार्दिक पाण्ड्याले २, रवि बिश्नोइ र अक्षर पटेलले समान १ विकेट लिएका थिए।

चौथो टि ट्वान्टी आई शुक्रवार हुनेछ।

माघ १६, २०८१ बुधबार ०८:५६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।