नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसिएसन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डियाबीच साझेदारीको सहमति

नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसिएसन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डियाबीच साझेदारीको सहमति

काठमाडौँ : लगानी व्यवसाय,पारस्परिक सहयोग र सहकार्य गर्न नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसिएसन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बिच साझेदारीको सम्झौता भएको छ।

मंगलबार भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित एसोसिएसन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) को १३ औँ वार्षिक सम्मेलनमा दुवै संस्थाबिच सम्झौता भएको हो।

समझदारी पत्रमा नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआइकातर्फबाट अध्यक्ष महावीर लुनावतले हस्ताक्षर गरेका थिए।

नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसिएसन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्पन्न सम्झौताअनुसार भारत र नेपालका मर्चेन्ट बैंकरहरुबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, नैतिक मापदण्ड कायम गर्ने, व्यावसायिक विकास सँगसँगै नियामक निकायहरू सँगको समन्वयलाई बढवा दिन र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गरिने उल्लेख छ।

माघ १५, २०८१ मंगलबार २०:४१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।