विराटमा सुरु भयो न्युरो सम्बन्धी उपचार
काठमाडौँ : विराट मेडिकल कलेजले न्युरो सम्बन्धी उपचार शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालका अनुसार वरिष्ठ न्युरो सर्जन प्रोफेसर डा. सुनिल मुनाकोमीको नेतृत्वमा अत्याधुनिक सर्जिकल प्रविधिसहित न्युरो सम्बन्धी सेवा सुरु भएको हो।
सो उपचारमा न्युरो र स्पाइन समस्याको उपचार सम्बन्धी सबै प्रबन्ध गरिएको, पेड्रियाटिक न्युरो कन्डिसन र स्ट्रोक म्यानेजमेन्टको उपचार सुविधासँगै २४ सै घण्टा एम्बुलेन्सको सेवा रहेको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार अति क्रिटिकल बिरामीका हकमा एयर एम्बुलेन्सको सुविधा समेत छ।
माघ १५, २०८१ मंगलबार २०:२२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।