एमाले-कांग्रेसको गठबन्धनको नियत नै गलत भएको प्रचण्डको दाबी
काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारीहरूको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको दाबी गरे।
माओवादी केन्द्र र एमालेको सहकार्यमा बनेको सरकार बदलिएर एमाले र कांग्रेसको सरकार बनेपछि प्रचण्ड सरकारप्रति आक्रामक बन्दै आएका छन्।
उनले मङ्गलवार अहिले सरकारमा गएकाहरू देशको निम्ति सकारात्मक काम गर्ने उद्देश्यले नगएको दाबी गर्दै उनीहरू भ्रष्टाचारीहरूको रक्षा गर्नका निमित्त संविधानमा भएका प्रगतिशील तत्त्वहरूलाई हटाउन गएको दाबी गरे।
उनले सरकार,अप्राकृतिक, अलोकतान्त्रिक रहेको र यो आफैँमा गलत उद्देश्यले बनेको दाबी समेत गरे।
प्रचण्डले सरकारले अलोकतान्त्रिक र निरङ्कुश तरिकाले अध्यादेश ल्याएको आरोप लगाए। अध्यादेश प्रतिगमनतिरको यात्राको पाइलाहरू भएको महसुस भएपछि तत्काल अधिवेशनको आव्हान गरेको उनले दाबी गरे।
संविधानमा भएका सकारात्मक परिवर्तनहरू उल्ट्याउने जमर्को भइरहेको दाबी गर्दै उनले पटक–पटक संविधान मिचेर प्रतिनिधि सभा विघटन गर्ने नाममा त कहिले संविधान संशोधनको नाममा जनताको अधिकारहरू खोस्ने जर्मको भइरहेको दाबी समेत गरे।
माघ १५, २०८१ मंगलबार १७:४४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।