माइक्रोसफ्टले टिकटक किन्नसक्ने ट्रम्पको संकेत

माइक्रोसफ्टले टिकटक किन्नसक्ने ट्रम्पको संकेत

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यापार किन्न सक्ने संकेत गरेका छन्।

ट्रम्पले टिकटक किन्नेको बिडिङ हेर्न चाहेको बताएका छन्।

ट्रम्पलाई सोधिएको थियो कि माइक्रोसफ्टले अमेरिकामा टिकटक किन्न वार्ता गरिरहेको छ।

यस सम्बन्धमा उनले भने, ‘हो मलाई टिकटकमा धेरै चासो छ।’

राष्ट्रपतिको शपथ ग्रहणपछि ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै टिकटक अमेरिकामा बेच्नका लागि ७५ दिनको समय सीमा दिइएको थियो।

यदि दिइएको समयमा कम्पनी अमेरिकी कम्पनीलाई नबेचे प्रतिबन्ध लगाइनेछ।

माघ १५, २०८१ मंगलबार १४:१८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।