चिनियाँ एआई ‘डीपसीक’ अमेरिकामा हलचल, एनभिडियाको बजार मूल्य ६०० अर्ब डलरले घट्यो
एजेन्सी : चिनियाँ कम्पनी डीपसीकको एआई सञ्चालित च्याटबोटले अमेरिकामा हलचल मच्चाएको छ।
जनवरीको तथ्याङ्कअनुसार डीपसीक एप्पल स्टोरबाट अमेरिकामा सबैभन्दा धेरै निःशुल्क डाउनलोड हुने एप बनेको छ। १० जनवरीमा अमेरिका लन्च भएको यो एप एप्पल स्टोरमा टप वरीयताको फ्री एप बनिसकेको छ।
यो एप छोटो समयमै यति लोकप्रिय हुनुको कारण अमेरिकामा आधारित एआई कम्पनीहरूको तुलनामा यसको कम लागत हो।
एआई च्याटबोट डीपसीकको उदयले अमेरिकाको चिप निर्माता कम्पनी एनभिडियाको बजार मूल्य ६०० अर्ब डलरभन्दा बढीले घटेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्टार्टअप डीपसीकबारे चेतावनी दिँदै यो अमेरिकाको प्रविधि उद्योगका लागि जागरणको क्षण भएको बताएका छन्।
सिलिकन भ्याली भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रिसेनले डीपसीकलाई स्वागत गर्दै यसलाई एआईमा ‘अहिलेसम्मको सबैभन्दा शानदार र प्रभावशाली सफलता’ भनेका छन्।
उसले डीपसीकको नयाँ मोडल अमेरिकामा अग्रणी मोडेल (जस्तै च्याटजीपीटी) सरह छ।
यस एपका अनुसन्धानकर्ताहरूका अनुसार यसलाई बनाउन ६० लाख डलर मात्र खर्च भएको छ, जुन अमेरिकामा एआई कम्पनीहरूले खर्च गरेको अर्बौं डलरभन्दा निकै कम हो।
डीपसीक एक चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हो, जुन चीनको दक्षिण-पूर्वी सहर हांग्जाउमा बनेको थियो।
मोबाइल एप मार्केट इन्टेलिजेन्स प्लेटफर्म सेन्सर टावरका अनुसार कम्पनी जुलाई २०२३ मा लन्च गरिएको भए पनि यसको लोकप्रिय एआई सहायक एप अमेरिकामा जनवरी १० सम्म रिलिज भएको थिएन।
एपले के गर्छ?
डीपसीक च्याटजीपीटी जस्तै काम गर्ने शक्तिशाली एआई सहायक हो।
एप स्टोरमा यसको विवरण अनुसार यो एप प्रश्नहरूको जवाफ दिन र जीवनलाई सजिलो बनाउन डिजाइन गरिएको हो।
यस एपलाई रेटिङ दिँदै एक प्रयोगकर्ताले लेखेका छन्, ‘यसले लेख्नलाई विशेष गुणस्तर दिन्छ।’
माघ १५, २०८१ मंगलबार १३:४८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।