महानगर र विद्यालयको विवादमा पातले छाँगोमा लागेको ताला खोलियो
पोखरा : पोखरा महानगरपालिका र छोरेपाटन उच्च माविको विवादमा पातले छाँगो (डेविज फल्स)मा लागेको ताला १३ दिनपछि खुलेको छ।
पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको डेविज फल्स सञ्चालनमा छोरेपाटन उच्च माविले अवरोध गरेको भन्दै आफैँले ताला लगाएको थियो।
आइतबार पोखरा महानगरपालिकामा भएको सर्वदलीय बैठकले पातले छाँगो महानगरपालिका आफैँ सञ्चालन गर्ने सहमति भएपछि सोमबार बिहान ताला खुलेको हो।
महानगरका प्रतिनिधिले ताला खोल्दा केही स्थानीय र छोरेपाटन उच्च माविका अभिभावक एवं विद्यार्थीहरूले विरोध गरेका थिए।
माघ १४, २०८१ सोमबार १९:१७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।