रास्वपा सचिवालय बैठकको निर्णय ‘अध्यादेशको नियत खोटपूर्ण’
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको पाँच वटा अध्यादेशको नियत खोटपूर्ण रहेको निष्कर्ष निकालेको छ।
प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गरेको बैठकले अध्यादेशको विपक्षमा उभिने निर्णय भने गरेन। सोमबार बसेको बैठकले अध्यादेशको गुण–दोषका आधारमा बहस गर्ने निर्णय गर्यो।
६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरूप कुनै नतिजा नदेखिएको र आसन्न अधिवेशनको ३ हप्ताअघि हतार हतार काम देखाउन सरकारले पाँच वटा अध्यादेश ल्याएको रास्वपाले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ।
कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बैठकबारे जानकारी दिँदै संसद्मा दुई तिहाइ बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तिएको र यसको नैतिक जिम्मेवारी वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरूले लिनुपर्ने बताइन्।
माघ १४, २०८१ सोमबार १९:०८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।