दोस्रो टेस्ट : पाकिस्तानमा ३४ वर्षपछि वेस्ट इन्डिजको जित, घरेलु टोलीलाई १ सय २० रनले हरायो

दोस्रो टेस्ट : पाकिस्तानमा ३४ वर्षपछि वेस्ट इन्डिजको जित, घरेलु टोलीलाई १ सय २० रनले हरायो

काठमाडौं : वेस्ट इन्डिविरुद्धको दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा पाकिस्तान पराजित भएको छ।

दोस्रो खेलको आफ्नो अन्तिम इनिङस्मा सबै विकेट गुमाएर पाकिस्तान १ सय २० रनले पराजित भएको हो। योसँगै वेस्ट इन्डिजले ३४ वर्षपछि पाकिस्तानमा टेस्ट म्याच जितेको हो।

पाकिस्तानको मुल्तानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले १ सय ६३ रनमा अलआउट भयो।

जवाफी ब्याटिङमा आएको पाकिस्तान सोही दिन १ सय ५४ रनमा अलआउट भयो। पहिलो दिन दुई इनिङ्स सकिँदा पाकिस्तान नौ रनले पछि पर्यो।

दोस्रो दिन ब्याटिङ गर्न आएको वेस्ट इन्डिजको टोलीले ६६.१ ओभरमा २ सय ४४ रन बनायो। उसका लागि कप्तान क्रैग ब्राथवेटले ५२ रनको अर्धशतकीय पारी खेले।

२ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १ सय ३३ रनमा अलआउट भएसँगै वेस्ट इन्डिजले खेल जितेको हो।

यसअघि भएको पहिलो टेस्ट पाकिस्तानले १ सय २७ रनले जितेको थियो।

माघ १४, २०८१ सोमबार ११:४०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।