सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं : सत्तारुढ दलहरूको बैठक आज बस्दैछ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।
बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेश गरिने विधेयक र सरकारका काम कारबाहीका बारमो छलफल हुने बताइएको छ।
सत्तामा एमाले र कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन्।
माघ १४, २०८१ सोमबार ११:३०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।