हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं : सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

सभामुख घिमिरेले सत्तामा रहेका दल नेपाली कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्। 

सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा उपसभामुख इन्दिरा रानासहित एमालेका मुख्य सचेतक महेश बर्तौला तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित रहेका थिए। 

कार्यकक्षमा भएको बैठकमा पुनः भोलिलाई बैठक बोलाइएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए। 

उनले भने, ‘प्रमुख र मुख्य सचेतकहरुलाई पुनः भोलिलाई बोलाइएको छ। आज खासगरी बैठकले गर्ने भौतिक तयारीका विषयमा छलफल भयो। संसद्को हिउँदे अधिवेशनको तयारी स्वरूप सभामुख घिमिरेले बैठक बोलाएका हुन्।’

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। 

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ का लागि बोलाइएको छ।  

माघ १३, २०८१ आइतबार १४:०६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।