ठमेलमा एक गेष्ट हाउसको कोठाभित्रै मृत भेटिइन् २१ वर्षीय समिरा तामाङ
काठमाडौं : काठमाडौंको ठमेलमा एक जना युवती मृत भेटिएकी छन्।
आइतबार बिहान ९ बजेतिर काठमाडौं महानगरपालिका-२६ स्थित ड्रेन्किङ इन गेष्ट हाउसमा २१ वर्षीया समिरा तामाङ मृत भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।
उनका अनुसार रसुवा तातोपानी घर भएकी समिरा २०२ कोठा नम्बरमा मृत भेटिएकी हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
घटनास्थलको मुचुल्का गरी पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल पठाइएको छ।
माघ १३, २०८१ आइतबार १३:२२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।