घरायसी विवादमा सामान्य भनाभन हुँदा कैंचीले प्रहार गरेर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

घरायसी विवादमा सामान्य भनाभन हुँदा कैंचीले प्रहार गरेर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

काठमाडौं : कैलालीमा भाइले कैंची प्रहार गर्दा दाइको मृत्यु भएको छ।

शनिबार राति साढे १२ बजेतिर धनगढी उपमहानगरपालिका-१७ का ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैंची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताए।

घाँटीमा कैंची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरको मिसन अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैंची प्रहार गरेको खुलेको छ। 

प्रहरीले भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रवक्ता खड्काले बताए। 

माघ १३, २०८१ आइतबार ११:१५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।