शुक्रबारदेखि गाईवस्तु चराउन जंगल गएका फुपू-भदैनी मृत भेटिए

शुक्रबारदेखि गाईवस्तु चराउन जंगल गएका फुपू-भदैनी मृत भेटिए

काठमाडौं : अछामको ढकारी गाउँपालिका-८ स्थित घोडासैनमा दुई किशोरी मृत भेटिएका परेका छन्।

स्थानीय छिन्ने जंगलमा गाईवस्तु चराउन चराउन गएका १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार दुवै मृतक किशोरी नाताले फुपू-भदैनी हुन्। प्रहरीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन जंगल गएका थिए। तर, साँझसम्म घर नफर्किएपछि परिवारले आफ्नै पहलमा खोजी गरिरहेका थिए।

खोजीको क्रममा उनीहरू भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ बजे प्रहरीलाई खबर प्राप्त भएको डीएसपी भण्डारीले बताए।

‘शनिबार साँझ ६ बजेपछि मात्रै हामीलाई शव भेटिएको सूचना प्राप्त भयो,’ डीएसपी भण्डारीले भने, ‘किशोरी हराएको खबर यसअघि प्राप्त नभएकाले तत्काल खोजीकार्यमा जुट्न सकेनौं। आवश्यक प्रहरी टोली परिचालन गरिएको छ।’

उनका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। 

माघ १३, २०८१ आइतबार ०८:३६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।