चार दिनअघि विवाहका लागि घरबाट भागेका केटाकेटी​​​​​​​ मृत भेटिए

चार दिनअघि विवाहका लागि घरबाट भागेका केटाकेटी​​​​​​​ मृत भेटिए

सुर्खेत : रूकुम पश्चिममा विवाहका लागि भागेका केटाकेटी मृत भेटिएका छन्।

त्रिवेणी गाउँपालिका-४ खुम्चेरीका १९ वर्षीय लोकेन्द्र खड्का र वडा नम्बर ६ की १९ वर्षीया सपना पुन मगर घरभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए। 

‘शनिबार बिहान दुवै जना घरमा मृत भेटिएका छन्। युवकले पासो लगाएका थिए भने युवती भुइँमा मृत फेला परेकी छन्,’ डिएसपी विष्टले भने, ‘मृतकका आफन्त नेपालगञ्जबाट आउनुपर्ने भएकोले हामी उहाँका आफन्तलाई कुरेर बसेका छौं। बाँकी कुरा मेडिकल रिपोर्ट र अनुसन्धानपछि खुल्ला।’ 

उनका अनुसार प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन्। उनका बुबाले श्रीमतीलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए। त्यही समयमा घरमा यस्तो घटना घटेको हो।

अब मृतकका बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरू गरिने छ।

घटना स्थल पुगेका प्रहरी स्रोतका अनुसार सपना र लोकेन्द्र चार दिनअघि विवाह गर्ने भन्दै घरबाट निस्केका थिए। शनिबार बिहान ९ बजेतिर लोकेन्द्रकै अस्थायी टहरामा दुवै जना मृत भेटिएका हुन्।

माघ १२, २०८१ शनिबार १८:११:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।