'ओली सरकारले अब नेपालमै केही हुन्छ भनेर राम्रो गरेको छ, त्यही देख्न नसक्नेहरू सल्बलाएका छन्'

'ओली सरकारले अब नेपालमै केही हुन्छ भनेर राम्रो गरेको छ, त्यही देख्न नसक्नेहरू सल्बलाएका छन्'

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको  खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरू प्रशस्तै  रहेको बताएका छन्।

शनिबार राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्दै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैंभरी अस्थिरतामा रमाउन खोज्नेहरूको कमी नभएको बताए।

उनले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अब नेपालमै केही हुन्छ भनेर आशा जगाउने काम गरिरहेको दाबी गरे। 

उनले भने, ‘यतिबेला मुलुक निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ। मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरू अब नेपालमै केही हुन्छ की भनेर आशा प्रकट गरिरहेको अवस्था छ।’

उनले अगाडि थपे, ‘पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका राम्रो काम देख्न नचाहने सधैंभरी अस्थिरतामा रमाउन खोज्ने, नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरू फेरि एकपटक सलबलाएर एमाले र त्यसको नेतृत्व विरूद्धमा चौतर्फी घेराबन्दी एवं आक्रमण गरिरहेका छन्।’ 

उनले एमालेको नेतृत्वले सरकारले जनतामा आशा जगाएको बताए।  

माघ १२, २०८१ शनिबार १५:४२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।