आक्रमणपछि सैफ अलि खानले भने 'हमलावरले आफूलाई छुट्याउन मेरो ढाड, गर्दन र हातमा चक्कु प्रहार गरे'

एजेन्सी : आफूमाथि छुरा प्रहार भएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता सैफ अलि खान ५ दिनपछि घर फर्किएका छन्। सैफलाई डाक्टरले १ महिनासम्म आराम गर्न सल्लाह दिएका छन्। १५ दिन उनलाई बेड रेस्ट गर्न भनिएको छ।
सैफमाथि जनवरी १५ मा बान्द्रास्थित उनको निवासमा चक्कु प्रहार गरिएको थियो। आक्रमणमा उनलाई ६ वटा चोट लागेको थियो।
सैफमाथि हमला गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार आरोपीको वास्तविक नाम मोहम्मद शरीफुल इस्लाम शहजाद हो। आरोपित शहजादसँग भारतीय कागजात छैन। उनी चोरी गर्ने उद्देश्यले घरभित्र पसेका थिए।
प्रहरीका अनुसार, आक्रमणकारी केही दिन मुम्बईबाट भागेका थिए। उनी पछि पुनः मुम्बई फर्किएका प्रहरीले जनाएको छ।
यी आरोपितलाई ठाणेको हिरामन्डी श्रम शिविरबाट पक्राउ गरिएको हो।
उनी पाँच/छ महिनाअघि मुम्बई आएको बुझिएको छ। उनी हाउसकिपिङ एजेन्सीमा काम गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ।
हालै प्रहरीले सैफ अलि खानको बयान दर्ता गरेको छ।
बयानमा सैफले भनेका छन्, 'म र करिना आफ्नो बेडरूममा थियौं। हामीले जहांगीरकी नैनी चिच्याएको सुन्यौं। आवाज सुन्नेबित्तिकै हामी जेहको रूममा गयौं। जहाँ एक व्यक्तिलाई देख्यौं। जेह रोइरहेका थिए। हमलावरलाई रोक्ने कोशिश गर्दा केहीबेर घम्साघम्सी भयो। हमलावरले आफूलाई छुट्याउन मेरो ढाड, गर्दन र हातमा चक्कु प्रहार गरे।'
माघ १२, २०८१ शनिबार १४:५५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।