महिला प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई
काठमाडौं : एपीएफले महिला प्रधानमन्त्री कपको उपाधि जितेको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्यमा एपीएफले १२.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
एपीएफका लागि ममता चौधरीले अविजित ४३ रन बनाइन्। कप्तान इन्दु बर्माले १८ रन बनाइन्। ओपनर राजमती ऐरीले ४ रनमा रन आउट भइन्।
यसअघि सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा अलआउट भएको थियो। उसका लागि मनिषा बोहराले अविजित १८ रन बनाइन्। कप्तान विन्दु रावलले १७ रन बनाइन्।
एपीएफका लागि कुविता कुँवरले ३ विकेट लिइन्। सबनम राई र इन्दु बर्माले २–२ तथा करुणा भण्डारी र कविता जोशीले १ विकेट लिइन्।
माघ १२, २०८१ शनिबार १४:०७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।