नाबालिका बलात्कारको आरोपमा एक जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा एक जना पक्राउ
सांकेतिक तस्बिर

हेटौंडा : मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ।

हेटौंडा-९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एकजना पूर्व शिक्षकलाई पक्राउ गरिएको हो।

नाबालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो।

घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए।

माघ १२, २०८१ शनिबार १३:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।