बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

सांकेतिक तस्बिर
बैतडी : जिल्लाको सिगास गाउँपालिका-१ माडाैँमा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा सिगास-१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन्।
उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिपका चालक फरार छन्।
माघ १२, २०८१ शनिबार १३:०४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।