ट्रम्पद्वारा गर्भपतनका लागि सरकारी सहायता रोक्ने कार्यकारी आदेश जारी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि सरकारी सहायता रोक्न कार्यकारी आदेश जारी गरेका छन्।
गर्भपतनका लागि सरकारी सहायतासम्बन्धी प्रावधानहरूलाई हाइड संशोधन भनिन्छ। यो पहिलो पटक सन् १९८० मा लागू भएको थियो। तर, त्यसयता यसमा धेरै सुधारहरू भएका छन्।
पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कानुन खारेज गर्ने प्रयास गरे पनि उनी असफल भएका थिए। ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा बाइडेन प्रशासनले यसलाई बेवास्ता गरेको उल्लेख छ।
यो कानूनले सरकारी चिकित्सा कार्यक्रम अन्तर्गत कम आय भएका महिलाहरूका साथै सैन्य र सरकारी कर्मचारीहरूमाथि असर गर्नेछ।
ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गरेका एक न्यायाधीशले दशकौं पुरानो यो कानूनलाई हटाउने आदेश दिँदै गर्भपतनको नीति राज्यहरूले स्वयं निर्धारण गर्नसक्ने छुट दिएका थिए।
माघ १२, २०८१ शनिबार ११:४४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।