भक्कापछि प्रचण्डले लिए ढिक्रीको स्वाद

भक्कापछि प्रचण्डले लिए  ढिक्रीको स्वाद

दाङ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु परिकार ढिक्रीको स्वाद लिएका छन्।

दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्री चाखेका हुन्।

दाङको घोराही-धारापानी मर्निङ वाकपछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खाए।

थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ। यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ।

विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन भए पनि देवतालाई भने प्रायःजसो चामलको ढिक्री प्रसादको रुपमा चढाउने प्रचलन थारू समुदायमा विद्यमान छ।

घरको कुल देवता र गाउँको भुँइह्यार देवतालाई पनि प्रसादको रुपमा ढिक्री चढाइन्छ। थारु समुदायले विशेषगरी तिहारको लक्ष्मी पूजाका दिन ढिक्रीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन रहेको छ।

यस अघि मोरङको विराटनगर प्रचण्डले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका थिए।

माघ १२, २०८१ शनिबार ०८:४७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।