रुसको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको युक्रेनको दाबी
एजेन्सी : युक्रेनले रुसको रियाजानमा रहेकाे एक तेल प्रशोधन केन्द्र र रुसमा कम्तिमा १२१ ड्रोनले आक्रमण गरेको दाबी गरेको छ।
जारी युद्धमा यो आफ्नो एक मात्र ठूलो अपरेशन भएको युक्रेनले एक बयानमा भनेको छ।
बीबीसीले प्रमाणित गरेको भिडियो फुटेजमा मस्कोको दक्षिणपूर्वमा रहेको रियाजान क्षेत्रमा रिफाइनरी र पम्पिङ स्टेशनभन्दा माथि आगो निस्किरहेको देखिन्छ।
युक्रेनी अधिकारीहरूले यही रिफाइनरीलाई लक्षित गरी आक्रमण गरिएको बताएको हो।
तर, रुसले भने आफूहरूले सबै १२१ युक्रेनी ड्रोन नै खसालेको बताएको छ। यसबाहेक रुसले कुनै पनि प्रकारको क्षतिको बारे बोलेको छैन।
अर्कोतर्फ युक्रेनले पनि किभको एक आवासीय भवनमा रुसले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको बताएको छ।
माघ १२, २०८१ शनिबार ०८:२०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।