हमासले आज चार इजरायली सैनिक रिहा गर्दै, बदलामा १८० प्यालेस्टिती कैदी छुट्ने
एजेन्सी : हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ।
युद्धविराम सम्झौता अन्तर्गत हमासले शनिबार चार इजरायली बन्धकहरूलाई रिहा गर्ने बताएको छ। हमासले यी चार बन्धकको नाम पनि खुलाएको छ।
हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ, जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग हो।
यी चार इजरायली सैनिकलाई १८० प्यालेस्टिनी कैदीको सट्टामा रिहा गरिनेछ।
गत आइतबार लागू भएको गाजा युद्धविराम सम्झौता अन्तर्गत यो दोस्रो पटक हो, जब बन्धक र बन्दीहरू आदानप्रदान हुनेछन्।
पहिलो स्वैपको क्रममा, हमासले ९० प्यालेस्टिनी बन्दीहरूको सट्टामा तीन बन्धकहरूलाई रिहा गरेको थियो।
अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरेको थियो, जसमा १ हजार २०० इजरायली मारिएका थिए। यस हमलामा हमासले २५१ इजरायलीलाई बन्धक बनाएको थियो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीमा ४७ हजार २०० प्यालेस्टाइनीको मृत्यु भएको छ।
माघ १२, २०८१ शनिबार ०७:४८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।