भारतमा हतियार कारखानामा विस्फोट, आठ जनाको मृत्यु
एजेन्सी : भारतको महाराष्ट्र राज्यस्थित हतियार कारखानामा भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।
महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान १०ः३० बजे विस्फोट भएको हो।
स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए। विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुर फसेका थिए।
अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन्। घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ।
विस्पोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको समाचारमा जनाइएको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले विष्फोटप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
माघ १२, २०८१ शनिबार ०७:३१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।