१८ एसएसपीको सरुवा, अनुसन्धान कार्यालयमा आए रमेश बस्नेत

१८ एसएसपीको सरुवा, अनुसन्धान कार्यालयमा आए रमेश बस्नेत

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहित १८ जना एसएसपीको सरुवा भएको छ। गृहमन्त्रीस्तरिय निर्णयबाट उनीहरूको सरुवा भएको हो। प्रहरी नियमावलीले एसएसपी र डिआइजी सरुवाको अधिकार गृहमन्त्रीलाई दिएको छ।

शुक्रवार बेलुका सार्वजनिक भएको एसएसपी सरुवा निर्णय अनुसार अनुसन्धान कार्यालयमा एसएसपी रमेशकुमार बस्नेत आएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा विश्व अधिकारी आएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका सानुराम भट्टराईको अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा भएको छ। काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेको ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ।

सोमेन्द्रसिंह राठौर काजमा त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा आएकोमा उनको दरबन्दी त्यहीँ कायम भएको छ। श्यामकृष्ण अधिकारी जिल्ला परिसर ललितपुरमा सरुवा भयो।

पटक पटक कार्वाहीमा परेका र हालै डिआइजी बढुवामा छुटेका ओमबहादुर राना अख्तियारमा,  गंगा पन्त सुर्खेतमा, भूपेन्द्र बस्नेत प्रहरी शिक्षालय भरतपुरमा सरुवा भयो।

माघ १२, २०८१ शनिबार ०१:०९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।