अर्थ सचिव घिमिरेले भने ‘अर्थतन्त्रको सुधारमा नाक फुलाएर बस्ने अवस्था छैन
काठमाडौं : अर्थ सचिव रामप्रसाद घिमिरेले नेपालको अर्थतन्त्र सुधारमा नाक फुलाएर बस्ने अवस्था नभएको बताए।शुक्रबार ७३ औं अन्तराष्ट्रिय भन्सार दिवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रको पूनर्संरचना चलिरहने प्रक्रिया रहेको भन्दै यसो गरेँ र उसो गरेँ भनेर अहिले नै नाक फुलाएर बस्ने अवस्था नभएको बताए।
नेपालमा पोलिसि राम्रो भयो तर लागू कमजोर भन्ने कुरा बारम्बार आउने गरेको भन्दै उनले पोलिसि शब्दमा मात्र राम्रो भएर त्यसलाई राम्रो भन्न नमिल्ने बताए।
कहिले काहीँ पपुलिजमको लागि मात्र पोलिसि घोषणा गर्ने नभएर लागू योग्य पनि बनाउनुपर्ने उनको धारणा थियो।
‘लागू नहुनुमा कहिँकतै पोलिसिमा नै कमी भएको हो कि ? कहिले काहीँ पपुलिजमको लागि पोलिसि घोषणा भयो तर लागू हुन योग्य खालको भएन भने त्यो लागू नहुन सक्छ। त्यसैले पोलिसिको लागू पनि घोषणा पनि गर्नुपर्छ। त्यसमा हामी सजग छौँ।’
उनले सरकारले घोषणा गरेको कुरालाई लागू पनि गर्नुपर्छ भन्ने कुरामा आफूहरू सजग रहेको भन्दै त्यसको निरन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्ने बताए।
सहुलियतपूर्ण कर्जालाई घोषणा गर्न थालिसकेको र त्यसलाई निरन्तरता दिने उनले बताए। सरकारले घोषणा गरेको कुरालाई लागू गर्नुपर्छ भन्ने कुरामा सजग रहेको भन्दै उनले निरन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्ने समेत बताए।
माघ ११, २०८१ शुक्रबार २१:३५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।