शीतलहर सम्बन्धी विशेष बुलेटिन जारी, आगामी दुई दिन पूर्वी तराईमा शीतलहर चल्ने

शीतलहर सम्बन्धी विशेष बुलेटिन जारी, आगामी दुई दिन पूर्वी तराईमा शीतलहर चल्ने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले शीतलहर सम्बन्धी विशेष बुलेटिन जारी गरेको छ।

अपरान्ह चार बजे जारी गरेको विशेष बुलेटिनमा मधेश प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागमा आगामी दुई दिनसम्म शीतलहर जारी रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अुनसार मधेश प्रदेशको पश्चिमी भू-भाग तथा बाँकी प्रदेशहरुका तराईका भू-भागमा भने विहानीपख हुस्सु र कुहिरो लागे पनि मध्यान्हपछि क्रमिक रुपमा सुधारको सम्भावना छ।

विगत दुई दिनदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशक तराई क्षेत्रहरुमा दिनभरी हुस्सु र कुहिरो लागेको छ।

अहिले पनि मधेश प्रदेशको पूर्वी भेग तथा कोशीको तराईका भू-भागमा मन्द शीतलहर जारी नै छ।

शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा दैनिक जीवनमा असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।

माघ ११, २०८१ शुक्रबार १७:१८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।