यु१९ महिला विश्वकप : सस्तैमा समेटियो मलेसिया, पूजा बनिन् विश्वकपकै सर्वाधिक विकेट लिने खेलाडी
काठमाडौं : आईसीसी यु१९ महिला टी२० क्रिकेट विश्वकपको चौथो स्थानको प्लेअफ खेलमा मलेसिया सस्तैमा समेटिएको छ।
टस हारेर पहिला ब्याटिङमा तानिएको मलेसियाले १६.५ ओभरमा ४५ अलआउट हुँदै रन बनाउन सक्यो।
उसका लागि नुरिमान हिदायले १५ रन बनाउँदा बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि कप्तान पूजा महतोले चार विकेट लिँदा रचना चौधरीले तीन तथा सिमाना केसी र रिया शर्माले समान एक-एक विकेट हात पारिन्।
योसँगै जारी विश्वकपमा कप्तान महतो सबैभन्दा बढी विकेट लिने खेलाडी बनेकी छन्। उनले नौ विकेट लिएकी छन्।
बलिङमार्फत नेपाली खेलाडीले १० अतिरिक्त रन खर्चिए।
विश्वकपको समूह ‘डी’मा रहेको नेपाल बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग पराजित हुँदा सुपर सिक्स पुग्न सकेको थिएन।
उता समूह ‘ए’मा रहेको मलेसिया भने भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो।
माघ ११, २०८१ शुक्रबार १३:२५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।