बेलायतमा १८ वर्षीय युवकलाई ५२ वर्षको जेल सजाय

एजेन्सी : बेलायतको एक नृत्य कक्षामा तीन बालबालिकाको चक्कुले हानेर हत्या गर्ने एक युवकलाई अदालते ५२ वर्षको सजाय सुनाएको छ। दोषी एक्सल रुदाकुबानामाथि हत्याबाहेक ज्यान मार्ने उद्योगका पनि १० वटा मुद्दा चलिरहेका छन्।
बिहीबार सजाय सुनाउने क्रममा न्यायाधीश जुलियन जुजले यसलाई सबैभन्दा गम्भीर अपराधको रुपमा वर्णन गर्दै १८ वर्षीय एक्सेल रुडाकुबानाले निर्दोष बालबालिकाको हत्या गर्न चाहेको उल्लेख गरेका छन्। दोषीले हिरासतमा बिताएको ६ महिनाबाहेक ५२ वर्षको जेलसजाय तोकिएको छ।
एक्सेल रुडाकुबानाले लिभरपुल नजिकैको साउथपोर्टमा २९ जुलाइमा धेरै बालबालिकाहरुलाई आक्रमण गरेका थिए। जसमा नौ वर्षीय एलिस डा सिल्भा अगुयर, सात वर्षीय एल्सी डट स्टान्कोम्ब र छ वर्षीय बेके किङको मृत्यु भएको थियो भने करिब एक दर्जन व्यक्ति घाइते भएका थिए।
घाइते हुनेमा अधिकांश बालबालिका रहेका छन्। उनीहरूको उमेर ७ देखि १३ वर्षको बीचमा रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
हत्यामा संलग्न व्यक्ति मुस्लिम शरणार्थी भएको अफवाह फैलिँदा देशका १७ शहरमा हिंसा भड्किएको थियो। स्थानीयले आप्रवासी र मुस्लिम विरोधी हिंसाका कारण एक सय ५० भन्दा बढी मानिस घाइते भएका थिए भने सार्वजनिक सम्पत्तिमा समेत क्षति पुगेको थियो।
देशभर हिंसात्मक प्रदर्शन यसरी फैलियो कि अदालतले यसमा छुट्टै आदेश समेत जारी गर्नुपरेको थियो। सामान्यतया बेलायतमा १८ वर्षभन्दा कम उमेरका अभियुक्तको नाम सार्वजनिक गरिँदैन। तर यो मुद्दामा भने उनी मुस्लिम समुदायको नभएको बताउनका लागि अदालतले रुवान्डा मुलका एक्सेल रुडाकुबानाको नाम सार्वजनिक गर्न आदेश दिएको थियो।
अदालतमा एक्सेलविरुद्धको मुद्दा भइरहँदा उनमा कुनै पनि पश्चातापको भावना देखिएको थिए। उनलदे हत्या, ज्यान मार्ने उद्योग र आतंकवादसँग सम्बन्धित सबै आरोप स्वीकार गरेको बीबीसीले जनाएको छ।
माघ ११, २०८१ शुक्रबार ०९:५९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।