३८ लाख ठगी अभियोगमा ५ लाख धरौटीमा रिहा भए ऋषिकेश पोखरेलका पूर्व सचिव अनिल
विराटनगर : जिल्ला अदालत मोरङले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ।
बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले व्यक्ति ठगी मुद्दामा यो आदेश जारी गरेको हो। पोखरेलविरुद्ध सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोग छ।
पोखरेल पुस २५ मा पक्राउ परेका थिए। प्रहरीले १२ दिनमा अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलले बुधवार ठगी मुद्दा दर्ता गरेको र ठगी रकम फिर्ताको दाबी गरेको थियो।
ठगी मुद्दामा संलग्न भएपछि ऋषिकेश पोखरेलले अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट हटाइसकेका छन्।
माघ १०, २०८१ बिहीबार १७:०४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।