तुलसी घिमिरेको 'पहाड'मा वर्षा आउट, प्रियंका इन

तुलसी घिमिरेको 'पहाड'मा वर्षा आउट, प्रियंका इन

काठमाडौं : निर्देशक तुलसी घिमिरेको फिल्म 'पहाड'मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन्।  

यसअघि फिल्ममा वर्षा राउत हुने भनिएपनि यो फिल्ममा उनी हुने छैनन्। उनको ठाउँमा प्रियंका भित्रिएकी हुन्। 

‘दर्पणछाया-२’ पछि घिमिरेको यो पहिलो निर्देशकीय चलचित्र हो। तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमीले यही फिल्मबाट डेब्यु गर्ने भएकी छन्।

उनले मुम्बईमा विज्ञापन फिल्महरूमा क्रिएटिभ डिरेक्टरको रूपमा कार्य गर्दै आइरहेकी छन्। फिल्ममा पञ्चमीले अभिनेता अरुण क्षेत्रीसँग जोडी बाँध्ने छिन्। 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारहरू यसअघि अनुबन्धित भइसकेका छन्।

यस फिल्मका लेखकसमेत रहेका घिमिरेका अनुसार फिल्मको छायांकन गोरखा जिल्लामा हुनेछ। त्यसपछिको छायांकन काठमाडौं र मुम्बईमा हुनेछ।

ओजश्वी केसी निर्माता रहेको सिनेमामा प्रमोद प्रधानको डीओपी, रञ्जित गजमेरको संगीत निर्देशन, भारती घिमिरे क्रिएटिभ निर्देशकको रूपमा रहने छन्। 

रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्माता रहेको सिनेमा नेपालमा व्यंकटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गर्नेछन्। 

माघ १०, २०८१ बिहीबार १६:३९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।