४३ लाखमा काई एक्सथ्री प्रो इलेक्ट्रिक सवारी : नेपालमा नयाँ इलेक्ट्रिक एसयूवी

४३ लाखमा काई एक्सथ्री प्रो इलेक्ट्रिक सवारी : नेपालमा नयाँ इलेक्ट्रिक एसयूवी

काठमाडौँ : लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा काई एक्सथ्रीप्रो इलेक्ट्रिक गाडी ल्याएको छ। कम्पनीले यो गाडीलाई ४३ लाख ९६ हजार मूल्य तोकेको छ।

यो इलेक्ट्रिक सवारीले उच्च प्रविधि र उत्कृष्ट प्रदर्शनका साथै CATL ५३.६ kWh लिथियम आयरन फस्फेट ब्याट्री राख्दै NEDC चक्रअनुसार ३७० किलोमिटर यात्रा गर्न सकिने र सवारीको अधिकतम टोर्क २६० न्युटन मिटर रहेको कम्पनीले जानकारी दिएको छ।

गाडीको लम्बाई ४४४३ मिमी, चौडाई १८३१ मिमी र उचाइ १६४६ मिमी रहेको छ। यसको व्हीलबेस २६३२ मिमी भएकोले पाँच यात्रुका लागि पर्याप्त ठाउँ छ। अगाडिको सस्पेन्सन म्याकफर्सन र पछाडिको बहु-लिङ्क स्वतन्त्र सस्पेन्सन रहेको छ।

काई नेपालले देशका नौ शहरमा शोरुम सञ्चालन गर्दै आएको छ। 

माघ १०, २०८१ बिहीबार १६:२८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।