भाषा सम्बन्धी विधेयक विवाद : मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

भाषा सम्बन्धी विधेयक विवाद : मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

जनकपुर : जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ।

बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरूले मुख्यमन्त्री सिंहको पुतला दहन गरे। 

मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरूले विरोध जनाएका छन्। चार लाख भन्दा बढी बोलिने भाषालाई विधेयकमा नराखिएकोमा उनीहरुले आक्रोशित बने। 

मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी विरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने उनीहरूको भनाई छ।

विरोध प्रदर्शनमा युवाहरूले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन्।

माघ १०, २०८१ बिहीबार १६:००:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।