अमेरिकामा टिकटकमाथिको प्रतिबन्धबारे फेरि बोले ट्रम्प
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकमाथिको प्रतिबन्ध फुकुवाका सन्दर्भमा पुनः बोलेका छन्।
फक्सन्यूजसँगको एक अन्तर्वार्तामा ट्रम्पले टिकट हाम्रै वरपर रहने बताएका छन्। उनले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्छ, टिकटक हाम्रै वरपर रहनेछ।’
राष्ट्रपति ट्रम्पले राष्ट्रपति पद सम्हाल्नु १२ घण्टाअघि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेको थियो। त्यहाँको सर्वोच्च अदालतले पनि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयलाई समर्थन गरेको थियो।
तर, राष्ट्रपति बनेलगत्तै ट्रम्पले कार्यकारी आदेशमार्फत ७५ दिनको समय दिएर त्यो समयसम्म टिकटक बेचिएन भने प्रतिबन्ध लाग्ने भनिएको थियो।
फक्सन्यूजसँगको अन्तर्वार्तामा ट्रम्पलाई चीनले टिकटमार्फत अमेरिकी नागरिकबारे जासुसी गरिरहेको आरोपबारे प्रश्न सोधिएको थियो।
जवाफमा ट्रम्पले भने, ‘तपाईं चीनमा बन्ने हरेक सामग्रीको लागि यस्तै भन्न सक्नुहुन्छ? हामीले प्रयोग गर्ने टेलिफोन पनि चीनमा बनेको हो।’
ट्रम्पले टिकटक प्रयोगकर्ता मुख्यतः युवा भएको बताउँदै उनले थपे, ‘के चीनका लागि युवाको जासुसी गर्नु महत्त्वपूर्ण हो?’
ट्रम्पले प्रतिप्रश्न गरेपछि प्रश्नकर्ताले ‘चीनले कुनै पनि अमेरिकी नागरिकको जासुसी गरोस् भन्ने अमेरिकी जनताले नचाहेको’ नचाहेको बताएकी थिइन्।
त्यसमा ट्रम्पले जवाफ दिए, ‘तर चीनले तपाईंले प्रयोग गर्ने मोबाइल, टेलिफोन र कम्प्युटसहरू बनाउँछन्। के यो ठूलो खतरा होइन?’
यसअघि पनि उनले देशमा अन्य धेरै ठूला समस्या भएको बताउँतै सामान्य विषयको बहस आवश्यक नभएको समेत बताएका थिए।
माघ १०, २०८१ बिहीबार १३:१३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।