केई एक्स-३ प्रो अब ९९ किलोवाटमा, सुरुवाती मूल्य कति?

केई एक्स-३ प्रो अब ९९ किलोवाटमा, सुरुवाती मूल्य कति?

काठमाडौं : केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स-३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ।

अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स-३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो अफर केहि अवधिको लागी मात्र लागु हुनेछ। कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुनेछ।

एक्स-३ प्रोमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल)को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ। 
यसले सिंगल चार्जमा ३७० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ। यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ। त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ।

पर्याप्त इन्टेरियर स्पेस रहेको केई एक्स-३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ। यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ।

विभिन्न पाँच कलर अप्सनमा केई एक्स-३ प्रो ईभी उपलब्ध हुनेछ। नेपालभरि बलियो उपस्थितिसँगै केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौंडा, दमक र बिरतामोडमा स्थित नौ वटा शोरूम सञ्चालन गर्दै आएको छ।

माघ १०, २०८१ बिहीबार १२:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।