नेपाल प्रहरीका हवल्दारसहितका १५ कर्मचारी सम्पर्कविहीन

नेपाल प्रहरीका हवल्दारसहितका १५ कर्मचारी सम्पर्कविहीन

काठमाडौं : नेपाल प्रहरीका हवल्दारसहित १५ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।

प्रहरी प्रधान कार्यालयले एक सूचना निकालेर दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो।

आफूखुशी गैरहाजिर रहनेहरूमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्की, जाजरकोटको इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत सहायक हवलदार चेतन महतारा छन्।

हवलदार र सहायक हवलदार मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमै कार्यरत प्रहरी जवान रूपक साउद असोजदेखि सम्पर्कविहीन छन्।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

माघ १०, २०८१ बिहीबार ०८:४३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।