इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी२० आई सिरिजको पहिलो खेल भारतले जित्यो

इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी२० आई सिरिजको पहिलो खेल भारतले जित्यो

एजेन्सी : ओपनर अभिषेक शर्माको अर्धशतकमा भारतले इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी२० सिरिजको पहिलो खेल जितेको छ।

भारतको कोलकातामा बुधबार भएको खेलमा घरेलु टोलीले इंग्ल्यान्डलाई सात विकेटले पराजित हरायो।

१ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। उसका लागि ओपनर शर्माले ३४ बलको सामना गर्दै ८ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ७९ रन जोडे।

तिलक बर्माले १६ बलमा ३ चौकाको सहयोगमा नट आउट रहँदै १९ रन बनाउँदा सञ्जु स्यामसनले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २६ रन जोडे।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले २ र आदिल राशिदले १ विकेट लिए।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको थियो।

उसका लागि ४४ बलको सामना गरेका कप्तान जस बटलरले ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६८ रन जोडे। ह्यारी ब्रुकले १७ तथा जोफ्रा आर्चर १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका लागि वरुण चक्रवर्तीले तीन, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदिप सिंहले समान २ विकेट लिए।

इंग्ल्यान्ड पाँच टी२० आई तथा ३ ओडिआई खेलका लागि भारत भ्रमणमा छ। दोस्रो टि२० आई शनिबार चेन्नईमा हुनेछ।

माघ १०, २०८१ बिहीबार ०८:०४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।