आगो लागेको अफवाहपछि रेलबाट हामफाल्दा भारतमा तीन नेपालीसहित १२ जनाको मृत्यु

आगो लागेको अफवाहपछि रेलबाट हामफाल्दा भारतमा तीन नेपालीसहित १२ जनाको मृत्यु

एजेन्सी : भारतको महाराष्ट्रमा रेलमा आगो लागेको अफवाहपछि हाम फाल्दा तीन नेपाली नागरिक सहित १२ जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्।

रेलमा आगो लागेको अफवाहपछि चेन तानिएको र रोकिएपछि ट्र्याकमा हामफाल्दा अर्को रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मृतक १२ जनामध्ये सात जनाको पहिचान भइसकेको छ। जसमा तीन जना उनीहरूलाई नन्दराम विश्वकर्मा, लच्छीराम पासी र कमला नवीन भण्डारी नेपालको रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै दैनिक भास्कर दैनिकले लेखेको छ।

भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रु रेलबाट ओर्लिएको’ बताएका छन्।

‘त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको हो’, प्रवक्ताले भने।

माघ १०, २०८१ बिहीबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।