लस एन्जलसमा फेरि भीषण आगलागी, हजारौं मानिस विस्थापित

लस एन्जलसमा फेरि भीषण आगलागी, हजारौं मानिस विस्थापित

एजेन्सी : लस एन्जलसको जंगलमा फेरि आगलागी हुँदा हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ।

कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको हो। त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र स्कूलहरू छन्।

आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ। तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेका छन्।

यस आगलागीबाट हालसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा क्षेत्र छाड्न बाध्य भएका छन्।

अमेरिकाको क्यालिफोर्नियाको जंगलमा लागेको आगो निभाउन दमकल अझै जुटेको छ। आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ।

यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ।

माघ १०, २०८१ बिहीबार ०७:२७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।