युक्रेनसँग सम्झौता नभए रूसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

युक्रेनसँग सम्झौता नभए रूसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेको भन्दै रूसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सङ्केत गरेका छन्। 

रूसी राष्ट्रपति वार्तामा नआएमा अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा पत्रकारहरूलाई ट्रम्पले भने, 'यस्तो हुनसक्ने सम्भावना छ।'

सोमबार आफ्नो पदभार ग्रहण गर्नुअघि ट्रम्पले पदभार ग्रहण गरेपछि तुरून्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गरेका थिए। यसबाट उनले रूसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो। 

रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको थियो।

पुटिनप्रति असामान्य आलोचनात्मक टिप्पणी गर्दै ट्रम्पले सोमबार रुसी राष्ट्रपतिले ‘सम्झौता गर्नुपर्छ’ भने। उनले अदादी भनेका छन्, 'मलाई लाग्छ उहाँले सम्झौता नगरी रूसलाई नष्ट गरिरहनुभएको छ।'

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताए। 

माघ ९, २०८१ बुधबार २१:५१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।