'एमसीसी पास गर्ने बेलामा धेरै विरोधहरू भए, अहिले सबैले राम्रो रहेछ भनेर बुझेका छन्'
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश भारत र चिनको बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका छन्।
बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो साँच्चिकै राम्रो छ भन्ने लागेको बताए।
उनले भने, ‘एमसीसी पास गर्ने बेलामा र प्रतिनिधि सभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरू भए। तर, अहिले आएर सबैले साँच्चिकै राम्रो रहेछ यो एमसीसी भनेर बुझेका छन्।’
उनले त्यसलाई ऋणमा आएको हो भन्नेहरूले पनि अनुदान हो भन्ने अहिले थाहा पाइसकेको बताए।
सभापति देउवाले नेपालले अहिलेसम्म धेरै ऋण वल्र्ड बैंक, एसियाली बैंक, अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफमार्फत लिएको बताए।
माघ ९, २०८१ बुधबार १७:०८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।