प्रधानमन्त्री ओलीलाई टन्सिल, सशस्त्र प्रहरी दिवसको कार्यक्रममा जान सकेनन्
काठमाडौं : आज सशस्त्र प्रहरी बल (एपीएफ)को स्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको थियो। तर, स्वास्थ्यमा समस्या देखिएपछि उनी त्यहाँ जान सकेनन्।
त्यसपछि गृहमन्त्री रमेश लेखकलाई प्रमुख अतिथि बनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीलाई टन्सिल भएपछि उनी सहभागी हुन नसकेको बताए।
उनले प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी हुने उत्कृष्ट इच्छा र चाहना भएपनि स्वास्थ्य समस्याले आउन नसकेको बताए।
उनले भने, ‘उहाँलाई टन्सिलको समस्या रहेको छ, स्वास्थ्यका कारणले उपस्थित हुन सक्नुभएन।’
माघ ९, २०८१ बुधबार १४:५३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।