आर्टिफिसियल इन्टेलिजेन्समा ५०० अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रवर्द्धनलाई लिएर ठूलो घोषणा गरेका छन्।
ट्रम्पले यसका लागि ५०० अर्ब डलर लगानी गर्ने र एक लाख नयाँ रोजगारी पनि सिर्जना गर्ने बताएका छन्।
यो लगानी टेक्नोलोजी क्षेत्रका ठूला कम्पनी ओरेकल, ओपन एआई र सफ्ट बैंकले आगामी पाँच वर्षभित्र गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ट्रम्पले यसका लागि नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ बनाउने घोषणा गरेका छन्।
ओरेकलका वरिष्ठ अधिकारी एलिसनले यसका लागि टेक्सासमा डेटा सेन्टर निर्माण गर्ने काम भइरहेको बताए। १० वटा भवन निर्माणाधीन रहेको र यसलाई २० सम्म विस्तार गरिने उनको भनाइ छ।
यससँगै ओपन एआई कम्पनीका प्रमुख ओल्टम्यानले यसलाई युगकै सबैभन्दा महत्त्वपूर्ण परियोजना भन्दै ट्रम्प विना अरुले गर्नै नसक्ने दाबी गरे।
माघ ९, २०८१ बुधबार १३:४२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।