आईसीसी यु१९ महिला टी२० विश्वकप : अस्ट्रेलियासँग नेपालले टस हार्यो

आईसीसी यु१९ महिला टी२० विश्वकप : अस्ट्रेलियासँग नेपालले टस हार्यो

काठमाडौं : मलेसियामा जारी आईसीसी यु१९ महिला टी२० विश्वकपको सुपर सिक्समा स्थान बनाउँन जित्नै पर्ने खेलमा नेपालले टस हारेको छ।

मलेसियाको युकेएम क्रिकेट ओभलमा नेपालले अस्ट्रेलियाविरुद्ध टस हारेर बलिङको निम्तो पाएको हो।

स्कटल्याण्डसँग सोमवार खेलेको नेपाली टोलीमा १ परिवर्तन गरिएको छ। स्कटल्याण्डविरुद्ध खेलेकी किरन कुँवर बेन्चमा रहँदा तृषना विकले मौका पाएकी छिन्।

नेपालले सुरुवाती दुवै खेल हारेको थियो। नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन।

अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना समाप्त हुनेछ। अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर १ खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ।

महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो।

माघ ९, २०८१ बुधबार १२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।