रुपन्देही जिल्ला अदालतमा रवि लामिछाने

रुपन्देही जिल्ला अदालतमा रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन्।

उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो।

सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन्। रवि अदालत उपस्थित भएसँगै बयान र थुनछेक बहसको प्रक्रिया थालिएको छ।

कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो।

माघ ९, २०८१ बुधबार १०:३७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।