टर्कीको एक रिसोर्टमा आगलागी हुँदा ७६ जनाको मृत्यु

टर्कीको एक रिसोर्टमा आगलागी हुँदा ७६ जनाको मृत्यु

एजेन्सी : टर्कीको प्रसिद्ध स्की रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको संख्या कम्तीमा ७६ पुगेको छ।

टर्कीको गृह मन्त्रालयले यो जानकारी दिएको हो। आगलागीमा मारिएका सबैको सनाखत हुन सकेको छैन।

टर्कीका स्वास्थ्यमन्त्री केमाल मामिसोग्लुले दुर्घटनामा ५१ जना घाइते भएको बताएका छन्। तीमध्ये एक जना आईसीयूमा छन्।

यसबाहेक १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। यो आगो नियन्त्रण गर्न १२ घण्टा लागेको थियो।

टर्कीका कानुनमन्त्रीले यस मामिलामा नौ जनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन्।

स्थानीय समय अनुसार मंगलबार बिहान ३ बजेर २७ मिनेटमा बोलुस्थित १२ तले ग्राण्ड कार्टेल होटलमा आगलागी भएको हो। होटलमा २३४ जना बसेका थिए।

बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ।

स्थानीय रिपोर्टका अनुसार अत्यधिक कम तापक्रमका कारण दमकललाई घटनास्थलमा पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो।

माघ ९, २०८१ बुधबार ०८:२४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।