तराईका धेरै भागमा हुस्सु, पाँच प्रदेशको मौसम सफा रहने
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली छ।
काठमाडौं र तराईका धेरै भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ ९, २०८१ बुधबार ०७:५४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।